गण्डकीमा १७१७ घर बिजुली विहीन, यथाशीघ्र पहुँच पुराउन संघले सहयोग गर्ने उर्जामन्त्रीको प्रतिबद्धता 

  • मङगलबार ३० भौ २०८३ १०:२६ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको आवश्यक सहयोग र सहजीकरण रहने बताए । सिंहदरबारमा मंगलबार गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटासँग भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ‘गण्डकी उज्यालो’ कार्यक्रममार्फत प्रदेशका सबै घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने अभियानमा संघ, प्रदेश र स्थानीय