मौलापुरकी मेयर रिना साहको प्रधानमन्त्री वालेन्द्रलाई कडा चेतावनी : ‘स्थानीय तहलाई अस्तव्यस्त बनाएर सुशासनको गफ नदिनू’

  • मङगलबार ३० भौ २०८३ ०९:४१ AM
काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारप्रति कडा असन्तुष्टि जनाउँदै स्थानीय तहको अधिकार, बजेट र जनताको आधारभूत सेवामाथि संघीय सरकारद्धारा भइरहेको हस्तक्षेप तत्काल रोक्न सार्वजनिक अपिल गरेकी छन् । प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै मेयर साहले मौलापुर नगरपालिकाको प्रशासनिक तथा आर्थिक अवस्था अस्तव्यस्त बनाइएको आरोप लगाउँदै सरकारले स्थानीय तहलाई कमजोर पार्ने काम जारी राखे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएकी छन् । मेयर साहका अनुसार, संघीय सरकारले मौलापुर नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत हटाएपछि लामो समयसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिकाको दैनिक प्रशासनिक काम प्रभावित भएको ... The post मौलापुरकी मेयर रिना साहको प्रधानमन्त्री वालेन्द्रलाई कडा चेतावनी : ‘स्थानीय तहलाई अस्तव्यस्त बनाएर सुशासनको गफ नदिनू’ appeared first on Kalika Khabar.