काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले उपचार कक्षमा उपचाररत बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘उपचार कक्ष अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ ।’ बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समय र आवश्यक स्वास्थ्यसम्बन्धी नियम पालना गरेर ... The post आईसीयूमा उपचार गरिरहेका विरामीको अन्तर्वार्ता लिएकोप्रति सांसद बाँस्कोटाको आपत्ति appeared first on Kalika Khabar.