काठमाडौं । क्यासिनो व्यवसायीहरूले क्यासिनोको इजाजतपत्र हरेक वर्ष नवीकरण गर्ने व्यवस्था हटाई ५ वर्षको बनाउन माग गरेका छन् । उनीहरूले एउटै होटल परिसरमा एकभन्दा बढी क्यासिनो वा क्यासिनोका शाखा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था पनि स्पष्ट बनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा व्यवसायीहरूले यस्तो सुझाव