कांग्रेसमा सभापति उम्मेदवार बन्न ४० हजार शुल्क लाग्ने, निर्वाचन निर्देशिका तयार

  • मङगलबार ३० भौ २०८३ १०:०३ AM
काठमाण्डु – नेपाली कांग्रेसको सभापति पदको उम्मेदवार बन्न ४० हजार शुल्क लाग्ने गरी निर्वाचन कार्यविधि तयार भएको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका २०८३ मा सभापतिको उम्मेदबार बन्न ४० हजार दस्तुर लाग्ने व्यवस्था गरिएको छ । निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिको उम्मेदवार बन्नका लागि मापदण्ड तोकिएको छ