काठमाडौं । भोटेकोसी बाढीका कारण सडक सम्पर्क विच्छेद भएको रसुवालाई नुवाकोटसँग जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा बेलीब्रिज निर्माण गर्न लागिएको हो । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सम्बन्धित पालिका अध्यक्षको अनुरोधअनुसार बेलीब्रिज