काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि विदेशबाट ल्याइएका तथा राहत वितरणका लागि तयार पारिएका खाद्य सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरीक्षण तथा अनुगमन गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३/०५/२७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र राधास्वामी सत्सङ्ग, सामाखुसीमा राहतका लागि राखिएका खाद्य सामग्रीको अनुगमन गरेको हो । विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिकेन फ्लेभर्ड नुडल्स सुप, टमाटरको पेस्ट, मैदा, चिया, मह, मसला, डेट्स, क्यानमा बन्द गरिएको बकुल्ला सिमी, टेबल नुन, खुर्पानीको पेस्ट, हेजलनट क्रिम, पास्ता, तोहिनी, जैतुनको तेलसँग ब्लेन्ड गरिएको सूर्यमुखीको रिफाइन्ड तेल, ... The post विमानस्थलदेखि सामाखुसीसम्म राहत खाद्य सामग्रीको निरीक्षण, मापदण्ड पालना गर्न निर्देशन appeared first on Kalika Khabar.