काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको हो। यसैबीच, ओरिएन्टल इन्स्योरेन्सले बाढीका कारण ज्यान ... The post भोटेकोशी बाढीपीडितका लागि ओरिएन्टल इन्स्योरेन्सले दियो २० लाख रुपैयाँ appeared first on Kalika Khabar.