काठमाडौँ। हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाईने विश्वकर्मा पूजा नजिकिएसँगै कुपण्डोल गुसिङ्गालका कालिगडहरू भगवान् विश्वकर्मा तथा नवदुर्गाका प्रतिमूर्ति बनाउन व्यस्त भएका छन्। विभिन्न आकार र स्वरूपका मूर्ति बनाउन उनीहरूलाई यति बेला भ्याइनभ्याइ छ। यहाँ तयार भइरहेका मूर्तिको आकार र स्वरूपअनुसार मूल्य ४ हजारदेखि १० हजार रुपैयाँसम्म रहेको कालिगडहरू बताउँछन्। नेपालमा हरेक वर्ष विश्वकर्मा पूजा दिन