सैनिक अस्पतालको आईसीयूमा अन्तर्वार्ता लिइएको विषमा संसदमा उठ्यो प्रश्न

  • मङगलबार ३० भौ २०८३ ०८:३० AM
काठमाण्डु– रसुवा बाढीपछि जलविद्युत आयोजनाको सुरुङमा थुनिएर १० दिनपछि सकुशल उद्धार भएका व्यक्तिको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा आइसीयूमै अन्तर्वार्ता लिइएको विषयबारे संसदमा प्रश्न उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तारुढ रास्वपा सांसद् समीक्षा बाँस्कोटाले उक्त विषयमा आपत्ति जनाएकी हुन् । उपचारका लागि आईसीयूमा राखिएका बिरामीसँग अन्तर्वार्ता लिएर सार्वजनिक गरिनु गम्भीर विषय भएको