काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, क्षति र विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने बताएका छन् । मुस्ताङको जोमसोममा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर कम गर्न र विपद् व्यवस्थापन गर्न विश्वव्यापी सहयोग आवश्यक रहेको बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा