विपद् व्यवस्थापनका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न कांग्रेसको माग

  • मङगलबार ३० भौ २०८३ ०८:२३ AM
नेपाली कांग्रेसले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन् । आङ्देम्बेले विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय