नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले विशेषगरी नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड अहिले नागरिकका लागि जोखिमको पर्याय बनेको बताए। उनका अनुसार भदौ २९ गते ताक्सुगाडले बगाएर बारेकोट–४ का २६ वर्षीय रमेश सुनार