स्टार्टअपका लागि क्लासिक टेकको १ जिबिपिएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट

  • मङगलबार ३० भौ २०८३ ०७:५७ AM
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले प्याकेजअन्तर्गत १ जिबिपिएस इन्टरनेट गति, १ टेराबाइट डाटा र सार्वजनिक आइपि सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। प्याकेजमा वाईफाई सिक्स राउटर निःशुल्क उपलब्ध गराउनुका साथै