काठमाण्डु– न्याय परिषद्ले उच्च अदालतका ७ जना न्यायाधीशको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले ३ जना न्यायाधीशको सरुवा तथा ४ जनालाई काजमा खटाउने निर्णय गरेको हो। सिफारिसअनुसार उच्च अदालत विराटनगरका महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, उच्च अदालत जनकपुरका मुरारीबाबु श्रेष्ठलाई इलाम इजलास र वीरगन्ज इजलासका रितेन्द्र थापालाई नेपालगन्ज इजलासमा सरुवा गर्न