काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबार बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो । महानगरपालिकामध्ये काठमाडौंमा घरजग्गा कारोबार सबैभन्दा बढी बढेको छ । काठमाडौं महानगरपालिकामा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ । त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४