काठमाडौंमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने उद्देश्यले प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने