नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्दै फिनटेक क्षेत्रमा नवप्रवर्तन तथा प्रतिस्पर्धा बढाउने गरी पाँचवर्षे रणनीतिक ढाँचा तयार गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । रणनीतिमा फिनटेकमैत्री नियमन, सुरक्षित डिजिटल पूर्वाधार