विपद्‍मा सबै दल सरकारकै साथमा छन्, उच्चस्तरीय समिति गठनमा ढिलाइ नगरौँ : आङ्देम्बे

  • मङगलबार ३० भौ २०८३ ०६:५५ AM
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै समसामयिक विषय र विपद् व्यवस्थापनबारे ध्यानाकर्षण गराएका छन्। सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा उनले भदौ १० गतेको विपत्तिपछि उत्पन्न नयाँ परिस्थितिका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको स्वरूप बदल्नुपर्ने आवश्यकता औँल्याएका हुन् । ‘विपत्तिपछि परिस्थिति फेरिएको छ,’ उनले भने, ‘यसले गर्दा प्रश्नोत्तरको स्वरूप बदलेर जानुपर्छ।’ संसद्को अभिन्न अङ्ग भएकाले प्रश्नोत्तर कार्यक्रम छिट्टै सुरु गर्न आफूले सभामुखलाई आग्रह गरेको र सभामुख यसमा सकारात्मक रहेको उनले जानकारी दिए। विपद्पछिको राहत, व्यवस्थापन र पुनर्स्थापनाका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्नुपर्नेमा आङ्देम्बेले जोड दिए। महिला, बालबालिका ... The post विपद्‍मा सबै दल सरकारकै साथमा छन्, उच्चस्तरीय समिति गठनमा ढिलाइ नगरौँ : आङ्देम्बे appeared first on Kalika Khabar.