काठमाडौँ : काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानिय सरकारलाई पनि प्रस्ताव गरेको छ। काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई रात्रिकालीन यातायात सञ्चालनका लागि प्रस्ताव गरेकी हुन्। काठमाडौं र ललितपुरका स्थानीय सरकारले सञ्चालन गरेको रात्रिकालीन यातयात सेवामा जोडिन उनले भक्तपुरलाई पनि आग्रह गरेकी छन्। ‘अहिले हामी रुट विस्तार गर्दै छौँ। यस क्रममा भक्तपुरलाई पनि यसैगरी साझेदारीमा जोडेर अघि बढाउन विशेष अनुरोध गर्दछु,’ उनले भनिन्। गत वैशाख १ गतेदेखि काठमाडौं, ललितपुर, बुढानिलकण्ठ र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातले रात्रिकालीन यातयात सेवा सञ्चालन भइरहेको छ। ... The post भक्तपुरमा पनि रात्रिकालीन बस सञ्चालनका लागि प्रस्ताव appeared first on Kalika Khabar.