काठमाण्डु– भायानेट नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ)को आधिकारिक इन्टरनेट साझेदार बनेको छ। नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामध्ये एक पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ। ई–स्पोर्ट्समा खेलाडीको सीप र निर्णय क्षमता जति महत्वपूर्ण हुन्छ, त्यति नै इन्टरनेटको कार्यसम्पादन पनि महत्वपूर्ण मानिन्छ। विशेषगरी