काठमाण्डु– अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको भोलिपल्ट मंगलबार सेयर बजारका लगानीकर्तामा उत्साह देखिएको छ । लगानीकर्ताले उठाउँदै आएका विषय सम्बोधन हुने गरी मन्त्रालयले सुधारका कार्यक्रम अघि सारेपछि त्यसको प्रभाव बजारमा देखिएको हो । मंगलबार प्रि–ओपन कारोबारमै नेप्से ८६ अंकले बढेर कारोबार बन्द भएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य