बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ओमसतिया गाउँपालिका–६, नारायणपुरमा छापा मारेको थियो। प्रहरीका अनुसार नारायणपुर निवासी २३ वर्षीय अमन कुमार धवलको घरमा खानतलासी गर्दा लुकाई छिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र २५ राउण्ड छर्रा बरामद भएको हो। हतियार तथा छर्रा बरामद भएपछि प्रहरीले धवलसँगै सोही स्थानका २० वर्षीय सुनिल केवटलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी ... The post रुपन्देहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ appeared first on Kalika Khabar.