विपन्न विनिताको उपचारमा डा. सुनिल शर्माको पहल, निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने

  • मङगलबार ३० भौ २०८३ ०६:०८ AM
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी २४ वर्षीया विनिता माझीको निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन् । नुवाकोटको विदुर नगरपालिका–३ की माझी मिर्गौला फेल भएपछि १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण साथीहरूले