गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली नदी किनारका बासिन्दा त्रासमा दिन बिताउन बाध्य छन्। नदीमा कुनै पनि बेला बहाव बढेर क्षति पुर्याउने चिन्ताले मुग्लिन र आसपासका बासिन्दालाई सताउन थालेको हो। इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा विगत ४५ वर्षदेखि बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरू पूर्ण रूपमा असुरक्षित महसुस गरिरहेको बताउँछिन्। ‘यसअघि पनि