बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

  • मङगलबार ३० भौ २०८३ ०४:१५ AM
मोरङको बूढीगंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १-०४-००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।