हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम लगायत पुरै पालिकामा घरपझोङ जलवायु सम्मेलन–२०८३ को तयारीसँगै छुट्टै रौनक छाएको छ । पालिकाको निर्देशन बमोजिम सम्पूर्ण गाउँलेहरूले आ आफ्नो जिम्मेवारी वहन गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजनामा हुने सम्मेलनको तयारीका लागि गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सम्पूर्ण जनप्रतिनिधि साँझसम्म व्यवस्थापनमा व्यस्त रहेका छन् । गाउँपालिकाका कर्मचारीहरू पनि आ–आफ्नो जिम्मेवारी सम्हाल्दै