जलविद्युत् आयोजनाको सुरक्षामा सरकारले ल्यायो ६ बुँदे अवधारणा, बिमादेखि उद्धार तालिमसम्म

  • मङगलबार ३० भौ २०८३ ०४:०६ AM
काठमाण्डु– प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजनामा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाको सुरक्षासम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी थालेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रालयले विपद् जोखिमको पूर्वतयारी र आयोजनाको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन ६ बुँदे सुरक्षा अवधारणा अघि सारेको हो।