एजेन्सी । हंगेरी र जर्मनीले दुई देशबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय शुरु गर्ने सहमति गरेका छन् । हंगेरीका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अनिता ओर्बान र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच सोमबार बुडापेस्टमा भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशले बलियो, सुरक्षित र प्रतिष्पर्धी युरोप निर्माणमा संयुक्त रूपमा योगदान गर्ने प्रतिवद्धता जनाएका