पूँजी बजार सुधारको नयाँ खाका : आईपीओदेखि कर्पोरेट बन्डसम्म २१ बुँदे कार्ययोजना [पूर्णपाठ]

  • सोमबार २९ भौ २०८३ ०४:४३ PM
काठमाडौं । सरकारले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ । अर्थतन्त्रमा देखिएको शिथिलता तथा बैंकिङ, वित्तीय, उद्योग–व्यवसाय र पूँजी बजारमा परेको असरलाई सम्बोधन गर्दै सरकारले सुधार तथा पुनरुत्थानका लागि विभिन्न २१ बुँदे योजना अघि सारेको हो । कार्ययोजनामा विशेषगरी धितोपत्रको प्राथमिक