तेह्रथुम। मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको अध्यक्षमा शंकरप्रसाद जोशी सर्वसम्मत चयन भएका छन्। म्याङलुङमा भएको शाखाको साधारणसभाले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा बालकृष्ण ढुंगाना, सचिवमा रिता काफ्ले ढुंगाना, सहसचिवमा सुष्मा दाहाल र कोषाध्यक्षमा विमला श्रेष्ठ चयन भएका निर्वाचन अधिकृत अधिवक्ता मानबहादुर लिम्बुले जानकारी दिए। उनका अनुसार कार्यसमिति सदस्यमा सीता खड्का, सीता लिम्बू, तिलबहादुर श्रेष्ठ, लक्ष्मी लिम्बू, टंक ढुंगाना र राजकुमार रसाइली निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यमा तेजमाया श्रेष्ठ, भोला ढकाल, निरु पौडेल र धनपति आचार्य मनोनित भएका छन्। शाखाले पूर्वअध्यक्ष टिकाराम खुलालसहित डिल्लीराम रेग्मी र शोभा आचार्यलाई सल्लाहकार चयन गरेको छ। साधारणसभामा समाजका केन्द्रीय उपसभापति लक्ष्मीनारायण मिश्र, म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे लगायतले शुभकामना मन्तव्य राखेका थिए।