डलास : अमेरिकाको टेक्सासस्थित डलासमा नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। भिजिट नेपालको आयोजनामा शनिबार, सेप्टेम्बर १२ मा डलासस्थित रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिजमा कार्यक्रम गरिएको हो।