युवालाई रोजगारी दिने योजनामा सरकार, निजी क्षेत्रसँग सहकार्य

  • सोमबार २९ भौ २०८३ ०३:४९ PM
काठमाण्डु – युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने भएको छ । मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) तथा निजी क्षेत्रका प्रतिनिधिबिच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजारलाई व्यवस्थित गर्ने विषयमा सोमबार बृहत् छलफल गरिएको छ । मन्त्रालयले