रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए

  • सोमबार २९ भौ २०८३ ०८:२१ PM
काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार जारी गरेको प्रतिवेदनअनुसार घाइते तथा बिरामी परेकामध्ये हाल २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारका क्रममा चार जनाको मृत्यु भएको छ । त्यसैगरी बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ । नुवाकोटमा लक्षित जनसङ्ख्या ७१ हजार ६३५ मध्ये २८ हजार ९९ जना अर्थात् ३९