प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा ५ लाख सहयोग

  • सोमबार २९ भौ २०८३ ०३:१३ PM
काठमाडौं । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ । झाकी श्रीमती दीपानारायण तथा छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो । सहयोगस्वरूपको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ ।