विपद्पश्चात नागरिकको दिनचर्या सहज बनाउन प्रहरी निरन्तर सक्रिय

  • सोमबार २९ भौ २०८३ ०२:१८ PM
काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएर आएको विपद्पश्चात नागरिकको दिनचर्या सहज बनाउन नेपाल प्रहरी निरन्तर सक्रिय रहेको छ । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढीपछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरी नागरिकको सहयात्री बनेर जनजीवनलाई चाँडोभन्दा चाँडो सामान्य