काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा धारणा सार्वजनिक गर्दै सभापति थापाले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले आफन्तको अन्त्येष्टिसमेत गरिसकेको अवस्थामा पनि मुलुकी देवानी संहिता, २०७४ को दफा ४० का कारण