प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै किन पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष ?

  • सोमबार २९ भौ २०८३ १२:४४ PM
प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेर सिंहदरबारबाट बाहिरिने क्रममा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा तामाङ सहभागी थिए। बैठक सकिएलगत्तै सिंहदरबार परिसरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको