स्वयम्भूमा एक महिने रक्तदान कार्यक्रम सम्पन्न, २७० जनाले गरे रक्तदान

  • सोमबार २९ भौ २०८३ ०१:१६ PM
निराज रानाभाट, काठमाडौं । काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरस्थित भगवान् पाउको प्राङ्गणमा १ महिनासम्म सञ्चालन गरिएको दैनिक रक्तदान कार्यक्रमबाट २ सय ७० जना रक्तदाताले रक्तदान गरेका छन् । वि.सं. २०८३ साउन २८ गतेदेखि भदौ २७ गतेसम्म दैनिक बिहान ७:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन भएको उक्त रक्तदान कार्यक्रम १ महिनापछि सम्पन्न भएको हो । व्यस्त समयलाई व्यवस्थापन गर्दै रक्तदानमा सहभागी २ सय ७० जना रक्तदाताप्रति आयोजकले उच्च सम्मान तथा आभार व्यक्त गरेको छ । लायन्स क्लब अफ काठमाडौं ब्लडहुड, लियो क्लब अफ काठमाडौं ब्लडहुड, विश्व रक्तदाता संगठन, नेपाल राष्ट्रिय खड्गी समाज ... The post स्वयम्भूमा एक महिने रक्तदान कार्यक्रम सम्पन्न, २७० जनाले गरे रक्तदान appeared first on Kalika Khabar.