सीप तथा रोजगार मेला: कृषि, अटोमोबाइल, आइटी देखि एआई तालीम र रोजगारीको ग्यारेन्टी

  • सोमबार २९ भौ २०८३ ०१:२६ PM
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न ’सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने तयारी थालेको छ । मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) तथा निजी क्षेत्रका प्रतिनिधिहरूबिच आन्तरिक रोजगारी प्रवद्र्धन र श्रम बजार व्यवस्थित गराउन आज एक बृहत् छलफल गरिएको छ ।