नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एकमात्र विकल्प भएको बताए । उनले काँग्रेसलाई विभाजित नभई एकतावद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पारे । सोमवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोईरालाले पार्टीको १५ औँ महाधिवेशन अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसले नेपाली काँग्रेससँगै नेपालको राजनीतिको आगामी