काठमाण्डु – भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । मन्त्रालयले १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा (राति १२ बजेदेखि साँझ ६ बजेसम्म) विद्युत् निर्यात गर्न अनुमति दिएको हो । स्वीकृतिअनुसार भारतले मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी