काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले भोटेकोशी महाविपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रकम योगदान गर्ने निर्णय गरेको छ । रास्वपा संसदीय दलका पदाधिकारीहरूबीच भएको अनौपचारिक छलफलपछि दलका सदस्यहरूको तर्फबाट जनही न्यूनतम १५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रस्ताव