कपिलवस्तु, २९ भदौ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज शिव–पार्वतीको पूजा आराधना, उपासना र व्रत बसेर मनाइएको छ। पारिवारिक सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्दै महिलाहरूले विभिन्न शिवालयमा पुगेर पूजा गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित प्रकटेश्वर महादेव मन्दिर, तौलिहवाको तौलेश्वरनाथ मन्दिर, लक्ष्मणघाटको शिवालय, कपिलधामको शिवालयलगायत स्थानीय मन्दिरमा बिहानैदेखि