सेना अस्पतालको आइसीयुमा बाढीपीडितकाे अन्तर्वार्ता लिएको प्रति काउन्सिलको ध्यानाकर्षण

  • सोमबार २९ भौ २०८३ १२:०८ PM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार गरी सेना अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै रसुवामा आएको बाढीका क्रममा त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग अस्पतालको आइसीयुमा