एमाले बल्थली बैठक : ३ सदस्यीय अन्तिम मस्यौदा सम्पादन समिति गठन

  • सोमबार २९ भौ २०८३ १०:४३ AM
काठमाडौं । नेकपा (एमाले( को पुनर्गठनबारे सहमति जुटाउन काभ्रेको बल्थलीमा बसेको कार्यदलको बैठक तत्काल कुनै निष्कर्षमा पुग्न सकेन। बैठकले दुईवटा प्रस्ताव र सदस्यहरूले दिएका सुझावलाई समेटेर साझा मस्यौदा तयार गर्ने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ। यसका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सदस्य रहेको तीन सदस्यीय सम्पादन समिति गठन गरिएको हो। पोखरेललाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। कार्यदलका सचिव राजन भट्टराईका अनुसार बैठकमा प्रस्तुत भएका फरक–फरक मस्यौदामा रहेका विषयलाई एकीकृत गरी अन्तिम प्रस्ताव तयार गरिनेछ। त्यसमा कार्यदलका सदस्यहरूले बैठकमा राखेका सुझावसमेत समेटिनेछ। अर्का सचिव महेश ... The post एमाले बल्थली बैठक : ३ सदस्यीय अन्तिम मस्यौदा सम्पादन समिति गठन appeared first on Kalika Khabar.