काठमाडौं । वर्षायाम सकिएर शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाका डाँडाकाँडा र नदि किनार सेताम्मे देखिन थालेका छन् । शरद ऋतु आगमनको संकेतका रूपमा फुल्ने काँस फूलले यतिबेला उपत्यकाको प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएको छ । वैज्ञानिक नाम ’Saccharum spontaneum’ रहेको काँस नेपालका तराईदेखि पहाडी भेगसम्म नदि किनार तथा खुला क्षेत्रमा पाइने जंगली घाँस हो ।