धनगढी– सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भेटिएपछि सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । राज्यमन्त्री कुँवरले चढ्ने गरेको सुदूरपश्चिम प्रदेश ०१–००१झ०३९७ नम्बरको गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पाँच सय रुपैयाँ जरिवाना गरेको हो । ट्राफिक प्रहरीका अनुसार गाडीमा राज्यमन्त्री कुँवर