सेयर बजारमा दोहोरो अंकको वृद्धि

  • सोमबार २९ भौ २०८३ १०:०८ AM
काठमाण्डु–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने तयारी गरिरहेका बेला साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ । सोमबार नेप्से २५.५५ अंकले बढेर २ हजार ५८५ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन पनि नेप्से २७ अंकले बढेको थियो । पछिल्ला दुई कारोबार दिनमा बजार कुल ५२ अंकले बढेको हो