संक्रामक पशुरोग प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग

  • सोमबार २९ भौ २०८३ ०८:३७ AM
संक्रामक पशुरोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सोमबार भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा सांसदहरूले किसानलाई क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष आवश्यक रहेको बताएका हुन् । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले किसानका लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै